रौतहट । असोज २१ गते
पछिल्लो २४ घन्टामा देशभर थप ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको छ ।
यो अवधिमा १४ हजार २ सय ९ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ११ सय २६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन । हालसम्म ६८ हजार ६ सय ६८ जना संक्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ । संक्रमित निको हुने दर ७२.९ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
संस्थागत आइसोलेसनमा १० हजार पाँच सय ९६ जना र होम आइसोलेसनमा १४ हजार चार सय ११ जना रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ५७८ पुगेको छ ।