गरुडा नपामा २०७६÷०७७ को वार्षिक समीक्षा गोष्ठी बुधबार सम्पन्न सम्पन्न

रौतहट । असोज २१ गते
रौतहटमा चिकित्सकहरुको २ दिने बार्षिक समिक्षा गोष्ठि सम्पन्न भएकोछ । रौतहटको गरुडा नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा उक्त गोष्ठीको आयोजना गरिएको हो । गरुडा नगरपालिका कार्यालयको सभा हलमा चिकित्सकहरूको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक समीक्षा गोष्ठी मंगलबारदेखि सुरु भएको हो । बुधबार सम्पन्न भएको गोष्ठीमा कोरोना महामारी र कोरोना सुरु हुनु भन्दा अघि चिकित्सकहरूले गरेका हरेक काम कार्यवाहीको समीक्षा गरिएको थियो । गोष्ठीको पहिलो दिन मंगलबार कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डाक्टर जगरनाथले कोरोना महामारीमा उत्कृष्ट काम गर्ने स्वास्थ्य चौकी वा हेल्थ पोस्टलाई पुरस्कृत गर्ने घोषणा गरेका थिए । गोष्ठीमा कोरोना नियन्त्रणका लागि अग्रणी भूमिका निर्वाह गर्ने हेल्थ पोष्टहरुले पुरस्कृत गर्ने उहाले बताउनु भयो । गोष्ठीमा गरुडा नगरपालिकामाअ सञ्चालनमा रहेका प्रत्येक स्वास्थ्य चौकीका चिकित्सकहरूको सहभागिता रहेको थियो ।