शनिबार बेलुका देखि लापाता रहेकी मध्ये एक को शव आज बरामद


रौतहट । साउन ११ गते
शनिबार बेलुका देखि लापाता रहेकी २ बालिका को शव बरामद भएको छ । हिजो मात्रै फतुवा बिजयपुर नगरपालिकाको वडा न २ सितलपुरको रामअयोध्या प्रसाद यादवको १० वर्षिय छोरी मनिषा यादव र १२ वर्षिय पूजा यादव शनिबार बेलुका देखि हराइरहेकी थिइन् । को आइतबार मौलापुर भकुवा खोला नजिकै शव बरामद भएको थियो भने अर्की पूजा यादवको शव आज भकुवा खोलामा बरामद भएको एलाका प्रहरी कार्यालय फतुआ विजयपुरका इन्सपेक्टर चन्द्रकिशोर साहले जानकारी गराउनु भएको हो ।
घटना स्थलमा ईप्रका मौलापुर र फतुआ विजयपुरको टोली पुगेको थियो । हराईरहेको बालिकाको शव लाई पोष्ट मार्टम को लागि जिल्ला अस्पताल गौरमा पठाएको थियो त्यसपछि परिवारजनको जिम्मा लगाइएको प्रहरीले जनाएको हो । यसरी पानीमा डुबेर बालबालिकाको मृत्युु हुनेको संख्यामा बढ्न थाले पछि आफनो बालबालिकाहरू लाई निगरानी गर्न ईप्रका गरूडाका डिएसपी ज्ञानकुमार महतोले सबै जनमानसमा अनुरोध गरेका छन् ।