रौतहट जनमत पार्टीले पार्टी विस्तार गर्दै ईशनाथमा गर्यो विभिन्न समिति गठन


रौतहट । साउन १५ गते
रौतहटमा आज जनमत पार्टीको टोल इकाइ समिती गठन भएको हो । पछिल्लो समय जनमतले जिल्लामा आफनो पार्टीको विस्तार गर्ने योजना अनुरुप कार्यक्रम लाइ निरन्तरता दिएको हो । आज साउन १५ गते का दिन औरैयामा पार्टी विस्तार गरिएको हो । ईशनाथ नगरपालिका वार्ड न. २ को दखिनवारी टोलमा विभिन्न ४ वटा समितीहरु गठन गरिएको जनमत पार्टीले जनाएको हो । उक्त टोलमा ईकाइ समिति गठन, महिला जनमत संघ इकाई समिति, युवक जनमत संघ इकाई समिति, किसान जनमत संघ इकाई समिति गठन गरिएको जनमत पार्टीका जिल्ला सचिव विकास कुमार यादवले जानकारी गराउनु भएको हो । उक्त गठनको अवसरमा जनमत पार्टी का वरिष्ठ नेतृत्व मण्डल का केन्द्रिय सदस्य रमेश झा सहित जनमतका नेताहरुको उपस्थितिमा औरैया दखिनवारी टोला को महादेव मन्दिर को प्रागंन मा सम्पन्न भएको थियो ।