वन मुद्दाका फरार प्रतिवादी चन्द्रपुरबाट पक्राउ

रौतहट । साउन २७ गते
रौतहटको चन्द्रपुर—३ गैडाटारबाट वन मुद्दाका फरार प्रतिवादी पक्राउ परेको छ । जिल्ला अदालत गौरको लगत नं.१९०५ वन मुद्दाका प्रतिवादी ३५ बर्षिय गुन्ना कुमँर सोमबार पक्राउ परेको इप्रका चन्द्रपुरले जनाएको हो । उनलाई जिल्ला अदालत गौरले २ महिना कैद र २ लाख १८ हजार २ सय ४० जरिवाना तोकेको थियो । फरार अभियुक्त खोजी गर्ने क्रममा इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरको टोलीले सोमबार पक्राउ गरेको डिएसपि हेम बहादुर शाहीले बताउनु भयो । पक्राउ परेका कुमँरलाई सोमबार नै जिल्ला अदालत गौरमा थप कानुनी कारवाहीका लागी दाखिला गरिएको जनाइएको छ ।