अपांगता क्षेत्रको रकम कटौती गरेको भन्दै राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ को आपती

रौतहट । असार २२ गते
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङले अपांगता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन २०७४ मा व्यवस्था भएको राष्ट्रिय निर्देशन समितिको गठनको गठन गरेका छन ।

मन्त्रीको अध्यक्षतामा गठन हुने समितिको सदस्यहरूमा मुख्य सचिव, अन्य मन्त्रालयका सचिवहरू, अपांगताको क्षेत्रमा काम गर्ने अपांगता भएका व्यक्तिहरू, विज्ञ तथा सेवाप्रदायक लगायतका व्यक्तिहरू राखेर निर्देशन समिति गठन भएको राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ रौतहटका अध्यक्ष नितेश कुमार गुप्ताले आज एक प्रेस विज्ञप्ती मार्फत जानकारी गराएका छन ।
आ.ब. २०७७ र ०७८ को विनियोजन गर्दा मन्त्रालयबाट विगतका बर्षहरूमा अपांगताका क्षेत्रमा काम गर्ने संस्थाहरूलाइ प्रदान गरिँदै आएको बजेट कटौटी गरी काठमाडौमा रहेका केहि आफ्नो आसेपासेका संस्थलाई मात्रै बजेट दिएर विवादित भएका मन्त्रीले समिति गठनमा पनि त्यस्तै चरित्र प्रदर्शन गरेको अध्यक्ष गुप्ताले बताए ।