पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौंं– पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको छ । शुक्रबार रातीबाट लागू हुने गरी नेपाल आयल निगमले मूल्य घटाएको हो ।
हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासखुद्रा बिक्री मूल्य भने यथावत राखिएको छ र पेट्रोलमा प्रति लिटर २ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा १/१ रुपैयाँ मूल्य घटाइएको छ । काठमाडौंको नयाँ खुद्रा बिक्री मूल्य पेट्रोल प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको मूल्य ९७ रुपैयाँ कायम भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।
इण्डियन आयल कर्पोरेशनबाट १६ मे २०१९ मा प्राप्त मूल्य घटेर आएकोले मूल्य विश्लेषण गरी समायोजन गरिएको गोइतले बताए ।