मूल्य सूची ३ दिन भित्र राख्न जिल्ला प्रशासनको निर्देशन

रौतहट । असोज ०६ गते
जिल्ला प्रशासन कार्यालय रौतहटले गौरका पसलहरुलाई उचित मुल्यमा सामान बेच्न निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटको नेतृत्वमा बाणिज्य कार्यालय बिरगंज, गौर नगरपालिका, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ सम्मिलित टोलीले रौतहटका पसलहरुमा आज अनुगमन गरेको छ । जिल्लाको गौर नगरमा रहेका खाद्यान्न पसल, हल्का पेय पदार्थको अधिकृत विक्रेता र आलु प्याजको होलसेल बिक्रेताको पसलमा अनुगमन गरेको हो । मूल्य सूची राख्न, बिल बिजक जारी गर्न, दर्ता प्रमाणपत्र सबैले देख्ने गरी झुन्ड्याएर राख्न, ढक तराजुको समयमै नविकरण गर्न लगायतका निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जानकारी दिएको छ।मूल्य सूची ३ दिन भित्र र ढक तराजु लगायत अन्य प्रमाणपत्रहरु १५ दिन भित्र नविकरण गरिसक्न समेत सो अनुगमन टोलीले निर्देशन दिएको छ।