रौतहटको कवारेनटिनमा बस्नेको संख्या कम हुँदै

रौतहट । साउन २६ गते
पडोंसी देश भारत बाट आउनेको संख्या कम भए सँगैे रौतहटको बिभिन्न स्थानमा रहेको क्वारेन्टाईनमा बस्नेको संख्या कम भएकोे छ । रौतहटको बिभिन्न क्वारेन्टाईनमा बस्नेको संख्या कम भएकोे छ । कोरोना भाईरसको उच्च संक्रमण देखिएकाले भारत बाट आउनेहरु १४ दिन सम्म अनिवार्य क्वारेन्टाई बस्न जिल्लाको बिभिन्न स्थानमा दस हजार २४४ बेड कोक्वारेन्टाईन निर्माण गरीएको छ । सोेमबार अपरान्ह सम्म क्वारेन्टाईनमा बस्नेको संख्यामा कमभई ११ महिला सहित १ सय ४७ पुुगेको जिल्ला प्रशासन कार्यालय रौतहटले जानकारी दिएको छ । क्वारेन्टाईनहरु बाट हालसम्म कुल १३ हजार १३ जना संकास्पद बिरामीको उपचार गराई घर फर्किसकेको जनाइएको हो ।