रौतहट । साउन २६ गते
गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ता लगायत तहाँ कार्यरत कर्मचारीहरुको कोरोना परीक्षण गरिएको छ ।
गौर नगरपालिकाको समुदायमा कोरोना (कोभिड–१९) देखिएकोले कोरोना परीक्षण गरिएको नगर प्रमुख गुप्ताले बताएका छन् ।
सोमबार गौर नगरपालिकाका नगर प्रमुख गुप्ता गरेर ९३ जनाले स्वाब दिइएको छ । साथै ९३ जनाको कोरोना परीक्षणमा २ जना पत्रकारको पनि कोभिड–१९ परिक्षण गरिएको छ ।