साउन ७ गतेभित्र महसुल तिर्नुहोस जरिबाना लाग्दैन

रौतहट । आषाढ २५ गते
नेपाल विद्युत् प्राधिकरणले गएको चैत, वैशाख, जेठ र असारको विद्युत् महसुल यही साउन ७ गतेभित्रमा तिरेमा जरिबाना नलाग्ने व्यवस्था गरेको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको असार १९ गतेको निर्णयबाट साउन ७ गतेभित्रमा महसुल तिरेमा सबै प्रकारका ग्राहकलाई जरिबाना नलाग्ने व्यवस्था गरिएको हो ।

निर्धारित समयभित्र भुक्तानी नगरेमा जरिबाना लाग्ने व्यवस्था छ । तर नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार प्राधिकरणले लकडाउन अवधिमा महसुल नतिर्ने ग्राहकलाई जरिबाना नलाग्ने निर्णय गरेको हो ।

सरकारले अहिलेकै रुपको लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिएको छ । सरकारले लकडाउन अवधि लम्ब्याएपछि प्राधिकरणले पनि त्यहीअनुसार महसुलमा जरिबाना नलाग्ने व्यवस्था गरेको हो ।