नगर क्षेत्रलाई धुंवा रहित बनाउन लागि परे मेयर गोपाल यादव

सरिता श्रीवास्तव । रौतहट । आषाढ १३ गते
रौतहटको फतुवा बिजयपुर नगरपालिका अन्तरगत ८ सय परिवारलाई ग्यांस सिलिन्डर तथा चुल्हो बितरण गरिएको छ । वडा नम्बर ८ अन्तरगत एक समारोहका बिच वडा अध्यक्षले बितरणको सुभारम्भ गरेका थिए । नगर क्षेत्रलाई धुंवा रहित बनाउने लक्ष्यका साथ फतुवा बिजयपुरको लगानीमा गरिब बिप्पन परिवारलाई निशुल्क ग्यांस तथा चुल्हो बितरणको कार्यक्रम संचालन भएको मेयर गोपाल यादवले बताए । फतुवा बिजयपुरमा गत आर्थिक बर्षदेखी ग्यांस तथा चुल्हो बितरण सुरु गरिएको छ नगरपालिकाका नायब सुब्बा उपेन्द्र साहले जानकारी दिएका छन ।