रौतहटमा संक्रमितको बढदै, आज थप १३ जनामा कोरोना पुष्टि

रौतहट । असोज १३ गते
रौतहटमा मंगलबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबारको तथ्याङक अनुसार थप १३ जनामा कोरोना देखिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । थप १३ जनासहित रौतहटमा कोरोना संक्रमितको संख्या १८ सय ७४ पुगेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले मंगलबार कोरोना भाइरस सम्वन्धि दैनिक प्रतिवेदनमा संक्रमितको संख्या १८ सय ७४ पुगेको उल्लेख गरेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार हाल क्वारेन्टिनमा बस्नेको संख्या शुन्य छ भने १३ हजार ३ सय ७ जना क्वारेन्टिनबाट फिर्ता भएको जनाएको छ । जिल्लामा ४ सय १९ आईसोलेशन बेड रहेकोमा ३२ महिला र ११५ पुरुष गरी जम्मा १४७ जना हाल आईसोलेशनमा रहेका छन । आईसोलेशनबाट १७ सय २० जना फिर्ता भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । २१ हजार ९ सय ८० जनाको स्वाब संकलन गरीएकोमा १९ हजार २ सय १२ जनाको रिपोट नेगेटिभ र १८ सय ७४ जनाको पोजेटिभ रहेको अझै ८ सय ९४ जनाको रिपोर्ट आँउन बाँकी रहेको जनाएको छ । रौतहटमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने ७ रहेको छ ।