३ लाख ५० हजारको सामान चोरी भएपछि प्रहरी माथि व्यापारीहरु आक्रोशित


रौतहट । अषाढ ०७
रौतहट स्थित बिजयपुर बजारमा गएराती एक एलेक्ट्रोनिक पसलमा चोरी भएपछि ब्यापारी आन्दोलित भएका छन । स्थानीय मुकेश साह कलवारको पसलको सटरको ताल्चा काटेर झन्डै ३ लाख ५० हजारको सामान चोरी भएपछि प्रहरीको लापरबाही भन्दै ब्यापारीहरुले बाटो बन्द गरि आन्दोलनमा उत्रिएका हुन । ईलाका प्रहरी कार्यालय बिजयपुरको मात्र दुईसय मिटर टाढा तथा मावी बिजयपुरको गेटमा रहेको पसल बाट गएराती चोरी भएको हो । पीडित मुकेश साहका अनुसार मावि बिजयपुर अर्थात क्वारेन्टाइनको गेटमै रहेको पसलको सटर फोड्नु प्रहरीको चरम लापरबाही हो । अर्का ब्यापारी जयराम साहले ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख प्रहरी निरीक्षक चन्द्रकिसोर साह आएदेखी आएदेखिनै यसभेगमा अपराधिक घटनामा वृद्धि भएको बताउँछन । मात्रै दुईसय मिटर टाढा घटना स्थलमा पुग्न फोनगरेको ४५ मिनेटमा पुग्नु आफैमा प्रश्न उठ्ने बताए । क्वारेन्टाइनको ड्युटीमा प्रहरीन रहेकै कारण चोरिको घटना भएको अर्का ब्यापारी श्रीभगवान साहले बताए । यो घटनाको छानबिन तथा चोरलाई पक्राउ गर्न जिल्ला प्रहरी प्रमुख एसपी रबिराज खड्का बिजयपुर न आएसम्म बटो न खुल्ने बिजयपुरका ब्यापारीहरुले अडान गरेका छन । केही महिना अघि दुधिअवा प्रहरी चौकी छेउमै रहेको एक घर बाट रोटाभेटर सहित ट्र्याक्ट्रर चोरी भएको थियोे । चोरी भएको रोटाभेटर बरामद भएपनि हालसम्म ट्र्याक्टर बरामद न हुँदा स्थानीय हरु प्रहरी प्रती आक्रोशित बनेका हुन ।