आफनो नेता माथी संघातिक हमला भएपछि नेकपा प्रदेश २ द्धारा कार्यवाहिको माग


आरके श्रीवास्तव । रौतहट । अषाढ ०७ गते
नेपाल कम्युुनिष्ट पार्टी जिल्ला कार्यसमिति रौतहटका सदस्य बिजय साह माथी संघातिक हमला भएको छ ।
गरुडा नगरपालिका लक्षमीपुर घर भएका साह माथी गएराती ९ बजे महमदपुर र लक्षमीपुर टोल बिच बाटोमा संघातिक हमला भएको हो ।
महमदपुरका पुर्व गाबिस अध्यक्ष रामप्रसाद यादवको घर बाट जिपमा फर्किने क्रममा दुुबैगाँउका बिच पहिले देखी बसेका एक समुहले बिजय लाई जिप बाट बाहिर ल्याई गम्भ्।िररुपमा आक्रमण गरेको नेकपा गरुडा नगरकमिटि सचिव रामबाबुु चौधरीले बताएका छन ।
बिजयसाहको गम्भिर अवस्थामा तत्कालै उपचारको लागी एम्बुुलेन्स बाट तराई अस्पताल बिरगंज पठाईएको सचिव चौधरीले बताएका छन ।
केही राजनितिक पुर्वाग्रहकोे कारण महमदपुर गाँउकै केही मानिसले बिजय साहको ज्यान जानेगरी आक्रमण गरेको सचिव चौधरीले बताएका छन ।
घटना प्रती प्रहरीले गम्भिरता न देखाएको नेकपा नगर कमिटि सचिव रामबाबुु चौधरीले आरोप लगाएका छन ।
रौतहट प्रहरी प्रमुख एसपी रबीराज खडकाले ईलाका प्रहरी कार्यालय गरुडालाई उधृतगर्दै घटना भएको स्विकार गरेका छन ।
सचिव चौधरीको आरोपको खण्डन गर्दै घटना बारे पिडितको तर्फ बाट हालसम्म कसैले मौखिक अथवा लिखित उजुरी दिन न आएकाले घटना बारे अनुुसंधानमा कठिनाई भएको एसपी खडकाले बताएका छन ।
नेकपा प्रदेश २ का अध्यक्ष तथा संघिय सांसद प्रभुु साहले प्रदेशमा पटक पटक नेकपा कार्यकर्ता माथी ज्यान जानेगरी भईरहेको घटना प्रती भतर््सना गर्नुुका साथै दोषीलाई कार्वाहीको दायरामा ल्याउन गृह प्रशासन संग माग समेत गरेका छन ।