राष्ट्रिय बन क्षेत्र भित्र नदिजन्य पदार्थ निकालेको भन्दै मुद्दा दर्ता


आरके श्रीवास्तव । रौतहट । अषाढ ०९ गते
रौतहट स्थित लालबकैया नदि बाट प्रहरीले नियन्त्रणमा लिएको जेसिबी र चालक माथी बन संबंधी मुद्दा दर्ता भएको छ । स्थानीय गुजरा नगरपालिका ३ सिम्री गाउँ छेउ लालबकैया नदि बाट आईतवार सांझ प्रहरीले चालक सहित नियन्त्रणमा लिएको जेसिबी उपर बन संबंधी मुद्दा दर्ता भएको हो । नेपाल सरकारको नीति अनुसार जेठ मसान्तसम्म मात्र नदिजन्य पदार्थ निकाल्ने ब्यवस्था छ । तर नियम बिपरित स्थानीय शेख बदरुदिनले लालबकैया नदिमा जेसिबी लगाएर १० वटा ट्रयाक्टरमा नदिजन्य पदार्थ ढुवानी गराईरहेको क्रममा प्रहरीले नियन्त्रणमा लिएको नेपाली कांग्रेस गजरा नगर सभापति कुमार चौलागाईंले बताए । बदरुदिनले दादागिरी सैलिमा एकैपटक १० वटा ट्रयाक्टर सहित जेसिवी नदिमा हालेपछि स्थानीयले सिडिओ बाशुदेव घिमिरेलाई खबर गरेका थिए । सिडिओ घिमिरेको निर्देशनमा जेसिबी चालक सहित बरामद गरि आवश्यक कार्वाहीको लागि जिल्ला बन कार्यालयमा बिझाईएको जिल्ला प्रहरी प्रमुख एसपी रबिराज खड्काले बताए । राष्ट्रिय बन क्षेत्र भित्र नदिजन्य पदार्थ निकालेको अवस्थामा बरामद जेसिवी र चालक उपर बन संबंधी मुद्दा दर्ता भएको जिल्ला बन अधिकृत बिनोदकुमार सिंहले बताए । १६ गुना ८ मिटर क्षेत्र जग्गाबाट नदिजन्य पदार्थ निकालेको देखिएको आधारमा हदैसम्मको दण्ड जरिवाना हुनुपर्ने माग सहित चालक र जेसिवी उपर मुद्दा दर्ता भएको अनुसन्धान अधिकृत रेन्जर बैधनाथ मण्डलले बताए । कांग्रेस नगर सभापति चौलागाईंले गजराको उप प्रमुख रौशन खातुन शेखको योजनाको लागि उनको श्रीमान बदरुदिनले मनपरि जेसिवी लगाएको दावी गरेका छन । उता उपमेयर खातुनका श्रीमान बदरुदिनले आफुले ठेकदार बाट ग्रेभल लिन खोजेको भएपनी जेसिवी लगाउनमा हात न रहेको प्रतिक्रिया दिएका छन ।