अंगिकृत नागरिकता विधेयक विरुद्ध गरुडामा विरोध प्रदर्शन


आरके श्रीवास्तव ।रौतहट । अषाढ ०९ गते
हालै पारितभएको बिदेशी बुहारीलाई ७ बर्षपछी अंगिकृत नागरिकक्ता दिने बिध्येक खारेजीको माग सहित रौतहटमा प्रदर्शन भएको छ । जनता समाजबादी पार्टीको आयोजनामा जिल्लाको मध्यभाग गरुडा बजारमा बिधेयक विरुद्ध प्रदर्शन भएको हो । जसपाको जिल्ला ईन्चार्ज बृज किसोर यादवको अगुवाइमा दर्जनौं कार्यकर्ता हातमा प्लेकार्ड बोकेर विभिन्न नारा लगाउदै गरुडा बजारमा परिक्रमा पछि कोणसभामा परिणत भएको थियोे । कोणसभामा ईन्चार्ज यादव,सान्सद प्रत्यासी कन्थमणी जयसवाल,गरुडा नगरप्रमुख ईन्दु राय यादव ,योगेन्द्र यादव , राजकुमार दास लगायतले २०६२ र ०६३ को आन्दोलनको उपलब्धि हो नागरिक्ता , यसलाई कुनैपनी हालतमा गुम्न दिनुहुँदैन । बर्तमान भ्रष्टाचारीहरुको सरकार कोरोना भाईरस नियन्त्रणमा असफल भैइसकेको छ । तसर्थ बिध्येक विरुद्ध सश्क्त आन्दोलनको विकल्प नरकेकाले सबै एकजुट हुन बक्ताहरुले आग्रह गरेका छन । नेकपाको सरकारले षड्यन्त्रपुर्ण तरिकाले बिध्येक पारित गरेर भारत संगको बेटि रोटि को संबन्ध तोड्ने दुस्साहस गरेको आरोप लगाएका छन । ओलि सरकारले गरेको गलत निर्णय यसअघि पनि आन्दोलनकै भरमा फिर्ता गरेकाले स्वस्फूर्त आन्दोलनमा सहभागी हुन कोणसभाका बक्ताहरुले आग्रह गरेका थिए ।