कोभर प्रोजेकट कार्यक्रम अन्तर्गतका सामग्रीहरु गरियो हस्तान्तरण


आरके श्रीवास्त । रौतहट । आषाढ ०९ गते
रौतहट जिल्लाको माधवनारायण र गरुडा नपा लाइ हाइजिन किट हस्तान्तारण गरिएको छ । आज एक कार्यक्रमका बिच नगर प्रमुख विरेन्द्र यादव लाइ आरडिसि का अध्यक्ष पारस हुसैनले १ सय किट उपलब्ध गराउनु भएको थियो । ग्रामिण विकास केन्द्र नेपाल आरडिसि को आयोजन, नेपाल सरकारको समन्वय र वर्लड भिजन इन्टरनेशनल नेपालको सहयोगमा आज किट दिइएको थियो । नेपाल कोभर प्रोजेकट कार्यक्रम अन्तर्गत क्वारेनटिनको लागि हाइजिन किट हस्तान्तरण गरिएको आरडिसिका अध्यक्ष पारस हुसैनले बताए । यस्तै एक कार्यक्रमका बिच गरुडा नगर प्रमुख इन्नु राय यादव अभ्यक्ष हुसैनले १ सय किट हस्तान्तरण गर्नु भएको थियो । कोरोना भाइरस कोविड १९ को विषम परिस्थीतिमा उत किटहरु दिइएको थियो ।