घरधनीले घरभाडाका लागि ताकेदा गरेपछि नाइहरुले बुझाए ज्ञापनपत्र


रौतहट । आषाढ ०९ गते
नेपाल नाई संघ गरुडा नगर समितीले गरुडा नगरपालिकाको कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । जारी बन्दाबन्दि र सरकारले घोषणा गरेको सुबिधा नपाएको गुनासो गर्दै श्रमिकहरु दिनानुदिन आर्थिक समस्यामा पर्दै गएकोले संघले ज्ञापन पत्र बुझाएको नेपाल नाइ संघ गरुडा नगर समितिका अध्यक्ष गगनदेव ठाकुर बताउनु भयो । ज्ञापन पत्रमा नाई श्रमिकलाई लक डाउन अबधिको कोठा भाडा छुट गर्नु पर्ने , बैंक तथा सहकारीबाट लिएको क्रण ब्याज छुट हुनु पर्ने ,सैलुनमा काम गर्ने श्रमिकलाई अनिवार्य रुपमा स्वास्थ्य सामाग्री र नाई श्रमिक तथा सैलुन धनिलाई समेत राहतको व्यवस्था हुनुपर्ने जस्ता ४ बुदे माग सहित गरुडा नगरपालिकालाई ज्ञापन पत्र बुझाइएको सचिव रामनरायण ठाकुरले बताउनुभयो ।त्यसतै रौतहटको उत्तरी भेगमा रहेका फतुवा बिजयपुर नगरपालिकाका नाई संघले फतुवा बिजयपुरमा नगरपालिकाको कार्यलयमा समेत ज्ञापन पत्र बुझाएको छ। आज दुईटै नपाका नाईहरुले छुटाछुटै नगर क्षेत्रका नाई संघका श्रमिकहरुलाई पटकपटक घरधनीले घरभाडाको लागी ताकेदा गर्दै आएकोले ज्ञापन पत्र बुझाउन बाध्य भएको नाई संघ फतुवा बिजयपुरका नगर अध्यक्ष सुरेन्द्र ठाकुरका भनाई रहेको छ । आफ्नो परिवारको हातमुख जोड्न समेत असहज परिस्थिति रहेको यस संकटको घडिमा घर भाडा भुक्तानी गर्न नसक्ने बताउदै गरुडा नगरपालिकालाइ ज्ञापन पत्र बुझाइएको नेपाल नाई संघ गरुडा नगर समीतीका सचिव रामनरायण ठाकुरको भनाई रहेको छ ।