पिएचसी मौलापुर पतौराका डाकटर लाइ नपाले गर्यो बर्खास्त

barkhast


आरके श्रीवास्तव
रौतहट ३० जेठ ।
रौतहट । रौतहट स्थित मौलापुर नगरपालिकाले डाक्टर हरीशंकर प्रसादलाई बर्खास्त गरेको छ ।
प्राथमिक स्वास्थ केन्द्र पतौरामा कार्यरत डाक्टर प्रसाद लाई पदिय मर्यादा बिपरीत काम गरेको ठहरगर्दै बर्खास्त गरेको हो ।
करारसेवामा कार्यरत डाक्टर हरीशंकर प्रसादले पदिय मर्यादा बिपरित काम गरेको ठहर हुँदा नगरपालिकाले लिखित स्पस्टीकरणको माग गरेको थियो ।
तर डाक्टर प्रसादले स्पस्टीकरणको वास्ता नगरेको कारण मौलापुर नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार बर्खास्त गरीएको प्रशासकिय अधिकृत सिकेन्द्र साहले बताएका छन ।