६४०४ जना कोरोना मुक्त, हालसम्म ४ लाख ४,८८७ निको

काठमाडौं, जेठ ११

नेपालमा आज ६ हजार ४०४ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर आजसम्म ४ लाख ४ हजार ८८७ जना संक्रमण मुक्त (निको) भएका हुन् । त्यस्तै गएको २४ घण्टामा १६९ संक्रमितको मृत्यु भएको छ भने देशभर हाल १ लाख १७ हजार २६१ संक्रमित आइसोलेसनमा छन् ।

पछिल्लो २४ घण्टामा थप ८ हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी २२ हजार ३०६ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षणका क्रममा थप ८ हजार ६३६ जनामा कोरोनाभाइरस पोजेटिभ देखिएको हो । आजको संख्या समेत जोडेर हेर्दा नेपालमा हालसम्म संक्रमण हुनेको संख्या ५ लाख २८ हजार ८४८ पुगेको छ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ७०० पुगेको छ। सक्रिय संक्रमितमध्ये १ लाख ८ हजार ४२८ जना होम आइसोलेसनमा र ८ हजार ८३३ जना संस्थागत आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा रहेकामध्ये १ हजार ६७२ जना आईसीयू र ४४७ जना भेन्टिलेसनमा रहेका छन् ।साभार जनता टाइम्स