मिडियाको सहयोग बिना कलाकार अघि बढ्न सक्दैनः दावा

रसुवाका दुई कलाकार दावा फिन्जो तामाङ र श्याममाया तामाङ चलचित्र ‘राम साइली’ मार्फत प्रमुख भुमिकामा देखिदैछ्न ।

मङ्गोलियन हर्ट चलचित्रका नायक समेत रहेका दावा राष्ट्रिय संगीतकर्मी संघ रसुवाका अध्यक्ष समेत हुन ।

श्याममाया म्युजिक भिडियो र फिल्ममा चर्चा कमाइसकेकी कलाकार हुन । सामाजिक संजालमा रसुवाको कलाकारलाइ सङगठित गर्न रसुवाली कलाकार एक हौ ग्रुप संचालित गर्दै आएका छ्न दावा । दुबै जना ईमानदार कलाकारको परिचय बनाउन सफल छन ।

श्याममाया भन्छिन,‘मिडिया भनेको कलाकारको लागि भगवान हुन । मिडियाको सहयोग बिना कोहीले पनि प्रगति गर्न सक्दैन । राम्रो कलाकार र मिडियाको सम्बन्ध घनिष्ठ हुनुपर्छ ।