बारा करैयामाइ गापा द्धारा ४४ करोड ५५ लाख को बजेट प्रस्तुत

आरके श्रीवास्तव । रौतहट । आषाढ ११ गते
करैयामाई गाउपालिका द्वारा आर्थिक बर्ष २०७७÷०७८ को लागि रु ४४ करोड ५५ लाख ४३ हजार ५५० रुपैयाको बजेट प्रस्तुत
बाराको करैयामाई गाउपालिकाले आर्थिक बर्ष २०७७÷०७८ को लागि रु ४४ करोड ५५ लाख ४३ हजार ५५० रुपैयाको बजेट प्रस्तुत गरेको छ । करैयामाई गाउँपालिकाको छैठो गाउँ सभामा उतm बजेट प्रस्तुत गरिएको हो। करैयामाई गाउँपालिकाका उपाध्यक्ष चित्र रेखा चौधरीले गाउँ सभामा निति, बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्। जसमा चालु तर्फ रु ६ करोड ९८ लाख ३ हजार पाच सय पचास रुपैया, केन्द्र सरकारको रु ६ करोड ४९ लाख ० हजार, आन्तिरक श्रोत बाट रु ४ लाख २३ हजार पांच सय पचास रुपैया, पुजिगत तर्फ रु १४ करोड दश लाख ९० हजार रुपैया रहेको छ। सर्शत तर्फ रु २३ करोड ६१ लाख ५० हजार रुपैया रहेको छ। करैयामाई गाउँपालिकाका अध्यक्ष भुनेशवर धामीको अध्यक्षतामा भएको उतm कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष सोनालाल साह, वडा नम्बर ३ का वडा अध्यक्ष देवेन्द्र केशरी लगायतकाले मन्तब्य ब्यतm गरेका थिए। कार्यक्रममा सञ्चालन निमिति प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र महतोको रहेको थियो। गांउसभामा वडा नम्बर दुईका सुरेन्द्र चौधरी, चारका जनावी खातुन, पांचका उनेश चौधरी, छवका राजकुमार चौधरी, सातका बिरीज चौधरी, आठका सुरेन्द्र साह सोनार, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो