आफनो क्षेत्रमा आफै अनुगमनका लागि खटिए सांसद प्रभु साह

आरके श्रीवास्तव । रौतहट । आषाढ ११ गते
रौतहट निर्वाचन क्षेत्र न ३ का सांसद माननीय प्रभु साहले बिकास निर्माणका योजनालाई अनुगमन गर्नुभएको छ । आर्थिक बर्षको अन्त्यतिर बिकास निर्माणलाई हतारमा गर्दा दिगो नहुने भन्दै आफै अनुगमनका लागि खटिनुभएको हो।
निर्वाचन क्षेत्र न ३ अन्तरगत निर्माण भैरहेका विभिन्न महत्त्वपूर्ण आयोजनाहरुको बिहिवार नेकपाको प्रदेश न २ को अध्यक्ष तथा रौतहट क्षेत्र न ३ को सांसद प्रभु साहले अनुगमन गर्नुभएको हो ।
कोरोना भाईरस कोविड १९ का कारण देश लकडाउनमा भएकोले आयोजनाहरु केहि समय ढिलो हुन गएपनि कुनै किसिमको नराम्रो समान प्रयोग नगरी योजनाहरुलाई भब्य रुपमा सम्पन्न गराउन निर्देश समेत दिनु भएको छ।
सडक डिभिजन कार्यालयका डिभिजनल इन्जिनियर, ठेक्केदार,जनप्रतिनिधि प्रदेश सभा सदस्य कुन्दन कुशवाहा लगाएत स्थानीयसहित अनुगमन गर्दै उहाँले रोकिएका कामलाई तुरुन्त अगाडि बढाउदै समयमा काम सक्न ठेकेदार र सम्बन्धित पक्षलाई निर्देशन समेत दिएको सांसद साहका स्वकिय सचिव बिजय यादव निर्बिजले जानकारी गराउनु भएको छ ।