लागु औषध मुद्दाका कारोबारीलाइ प्रहरीले गर्यो पक्राउ


रौतहट । साउन १५ गते
लागु औषध मुद्दाका फरार प्रतिवादीलाइ रौतहट प्रहरीले पक्राउ गरेको हो । लागु औषध मुद्दामा सम्मानित रौतहट जिल्ला अदालत गौरबाट २ वर्ष कैद र रू.१०००००।– जरिवाना भई फरार रहेका प्रतिवादीलाइ इप्रका चन्द्रपुरले पक्रेको हो । जिल्ला रौतहट चन्द्रपुर न.पा. वडा नं.४ बस्ने अरुण दास भन्ने अर्जुन दासलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो । इप्रका चन्द्रपुर बाट खटिएको प्रहरीटोलीले सोहि गाउँटोलमा फेला पारि पक्राउ गरेको हुँदा निजलाई फैशला कार्यन्वयन लागी सम्मानित रौतहट जिल्ला अदालत समक्ष पेश गरिएको इप्रका चन्द्रपुरका डिएसपी हेम बहादुर शाहीले जानकारी गराउनु भएको हो ।