रौतहटमा ३ मोटरसाइकलसहित ५ जना पक्राउ

संजय मिश्रा
रौतहट । भदौ ३ गते
रौतहटस्थित सशस्त्र बेश क्याम्प देवाहिको गस्ती टोलीले विभिन्न भारतीय सामानसहित तस्करी गरेको आरोपमा ३ मोटरसाइकल र ५ जनालाई पक्राउ गरेको छ । बेश प्रमुख ईन्स्पेक्टर बिष्णु अधिकारीको कमान्डमा गएको टोलीले मौलापुर ५ लालबकैया नदिको पुलछेउबाट करिब २ लाख ६८ हजार बराबरका अबैध भारतीय सुर्ती, कस्मेटिक्स, सहित ३ मोटरसाइकल र ५ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा परोहा नपा ३ का ३४ वर्षीय सेख एकवाल, ३२ वर्षीय मैनुदिन सेख, ४५ वर्षीय निजाम जोलहा, ४८ वर्षीय महमद मोख्ताव र ३५ वर्षीय सेख मोम्ताज रहेको ईन्स्पेक्टर अधिकारिले जानकारी दिएका छन् । बरामद सामान, मोटरसाईकल र उनीहरुलाई आवश्यक कार्वाहीको लागि जिल्ला भन्सार कार्यालय गौर पठाइएको सशस्त्र बेश क्याम्प देवाहिले जनाएको छ ।