बारामा भारतीय रोक्न एक राउण्ड हवाई फाएर

बारा, बैशाख २५ गते । बाराको कवहीगोठ स्थित नेपाल–भारत सीमानामा सशस्त्र प्रहरीले भारतीयलाई रोक्न हवाई फायर गरेको छ । भारतबाट दुई जना ब्यक्ति नेपाल प्रवेशगर्न खोज्दा उनीहरुलाई रोकेर फिर्ता पठाएपछि भारतबाट सयौको सँख्यामा आएका भारतीय नागरिकहरुले कवहीगोठ स्थित अस्थायी बिओपी माथि ढुंगामुढागर्न थालेपछि त्यसलाई नियन्त्रणगर्न सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायरगरी भीडलाई तितरबितर गरेको बाराका सशस्त्र प्रहरी उपरीक्षक दिगबिजयी सुवेदीले बताए । सोही क्रममा सशस्त्र प्रहरी सहायक निरीक्षक कल्हैया यादवको बायाँ हातमा लाठी प्रहारगरी घाईते बनाएर सशस्त्र प्रहरीको टोलीमाथि ढुंगामुढा गर्न थालेपछि सशस्त्रले हवाई फायरगरी भीडलाई नियन्त्रणमा लिएको उनले बताए । घटना बिहिवार दिउसो साढे ११ बजे भएपनि त्यस ठाउँमा जिल्ला सुरक्षा समितिसहितको टोलीले जाचबुझ गरेर स्थलगत अनुगमण गरिएको तथा अहिले त्यस ठाउँको अवस्था समान्य रहेको सशस्त्र प्रहरी उपरीक्षक सुवेदीले बताए ।