होली पर्वको आगमनसँगै तराइको जिल्लाको गाउँगाउँमा ‘जोगिरा’ (एक प्रकारको गीत) गाउन शुरु ।

होली पर्वको आगमनसँगै तराइको जिल्लाको गाउँगाउँमा ‘जोगिरा’ (एक प्रकारको गीत) गाउन शुरु ।

रौतहत फाल्गुन २१ गते ।
रौतहट । होली पर्वको आगमनसँगै तराइको जिल्लाको गाउँगाउँमा ‘जोगिरा’ (एक प्रकारको गीत) गाउन शुरु भएको छ । २ नम्बर प्रदेहको आठ जिल्लामा गाउँ टोलमा राति राति ढोल, तासा, मृदङ्ग, डम्फु, झ्यालीलगायतका बाजागाजाका साथ जोगिरा गाउन शुरु भएको हो ।
होली पर्वलाई निमन्त्रणा दिँदै प्रत्येक गाउँ टोलका युवा, वृद्ध र वयस्कको छुट्टाछुट्टै टोली बनाई जोगिरा शुरु गरेको होलैया (जोगिरा गाउने) कटहरिया नपा ८ का मनिराम यादवले बताएका छन् । विभिन्न प्रकारका गीत, चुटकिला, हाँसो ठट्टा र जिस्क्याउने तीतामीठा वाक्य र शब्दलाई लयमा ढालेर जिल्लावासीले जोगिरा गाउने गरेको जलेश्वर नपा –७ का होलैया तथा वडाध्यक्षसमेत रहनुभएका राम छविला यादवले बताए ।
होलीको अवसरमा जोगिरा गाउनकै लागि युवा देश परदेशबाट आ–आफ्नो गाउँ फर्किएका छन् ।
जोगिरा गाउनकै लागि अहिले रातिको बेला युवा तथा बयोवृद्धालाई घरघरबाट तानेर ल्याएर राति अबेरसम्म विभिन्न जोगिरा गाउने गरिएका ेछ ।
होलैयाले जोगिराले एकआपसमा भाइचारा, प्रेम, सद्भाव र सुमधुर सम्बन्ध निर्माण गर्ने भएकाले रातिका बेला गाउँको चोक चोकमा ठूला सङ्ख्यामा भेला भएर जोगिरा गाउने गरिएका ेछ । मिथिलाञ्चलसहित २ नम्बर प्रदेहको आठ जिल्लाको गाउँगाउँमा शुरु भएको जोगिरा गायन होली पर्वको एक दिन पहिलेको रातिसम्म गाइनेछ ।