वृन्दावन सव डिभिजन वन अन्तर्गत पर्ने वनमा काठ तस्कर र वन कर्मचारी बिच दोहरो गोलीहानाहान


रौतहट । साउन १६ गते
रौतहटमा काठ तस्कर र वन कर्मचारीवीच दोहोरो गोली हानाहान भएको छ । जिल्लाको वृन्दावन सव डिभिजन वन कार्यालयको मातहत भित्र काठ तस्कर र वन कर्मचारी बीच गोलि हानाहान भएको हो । शुक्रबार साँझ वन कर्मचारीले गस्ती गर्दै जाँदा तस्करले वन गस्ती टोलीलाई देखेर फायर सुरु गरेका थिए । वन गस्ती टोली र तस्करबीच गोली हानाहान हुँदा वन कर्मचारीले चार राउन्ड हवाइ फायर गरेका थिए । सोही क्रममा वन गस्ती टोलीले एकजना तस्करलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ परेका तस्करको नाम खुल्न सकेको छैनन् । यस्तै वन कर्मचारीले २ थान सखुवाको गोलिया र चार थान साइकल समेत बरामद गरेको जानकारी गराईएको छ ।