मौलापुरमा सुतकेरीलाई पोषिलो खानेकुरा

रौतहट । आषाढ ३१ गते
सुनौलो हजार दिनका सम्पूर्ण सुतकेरीलाई पोषिलो खाने सामग्री बितरण गरिएको हो । आज बुधबार मौलापुर प्राथमिक स्वास्थ्य केन्द्र अन्तर्गत सुनौलो हजार दिनका सम्पूर्ण सुतकेरी आमालाई पोषिलो खानेकुरा सामग्री बितरण गरिएको थियो । मौलापुर नगरका प्रत्येक प्रसुती र गर्भवतीलाई बहुक्षेत्रिय पोषण कार्यक्रम बाट वड़ा कार्यालयहरू मार्फÞत पोषिलो खाने सामग्री वितरण भई रहेकोे छ । यसैक्रममा प्राथमिक स्वास्थ्य केन्द्रमा आएर बच्चा जन्माएका आमाहरूलाई अण्डा, हरलिकस, मच्छर झुल लगायतका सामग्री नगर प्रमुख रिना कुमारी साहले गर्नु भएको थियो । कार्यक्रममा स्वास्थ्य संयोजक सुरेन्द्र साह र मेडिकल अधिकृत अभिमनु रोनियारको लगायतका कर्मचारी एवं जनप्रतिधिहरूको सहभागिता रहेको मौलापुर नगर प्रमुख साहले जानकारी गराउनु भएको हो ।