नदिमा डुबेर एक जनाको गयो ज्यान

रौतहट । साउन १ गते
रौतहटको नदिमा डुबेर एक जनाको ज्यान गएको हो ।
मौलापुर नगरपालिका स्थित रहेको भकुवा नदिमा डुबेर एकजनाको ज्यान गएको प्रहरीले जनाएको हो । मौलापुर नगरपालिका वडा नम्बर ५ पतौरा घर भएका सुखल साह कानुको छोरा अन्दाजी करिब २५ वर्षीय गणेश साह कानुको बुधबार डुबेर ज्यान गएको हो ।
मौलापुर सोनरनियाँ जाने बाटोमा भकुवा खोला रहेको छ , त्यही यो घटना घटेको हो । उत खोलामा विगतका दिनहरू कयौ घटना घटेको स्थानीयहरूले बताएका छन् । बुधबारको दिन करिब १० बजेतिर घरदेखि एक किलोमिटर टाढा रहेको भकुवा खोलामा साथीसँग पौडी खेल्ने क्रममा खोलाले बगाएर बेपत्ता बनाएको थियो ।
साहले बेपत्ता भएको सूचना प्राप्त भएपछि मौलापुरका प्रहरी चौकीबाट खटिएको प्रहरी टोली र स्थानीय खोजीकार्यमा जुटेका थिए । घटना स्थलमै हिजो करिब ४ बजेतिर साह मृत अवस्थामा फेला परेको ईप्रका मौलापुरले जनाएको हो । मृतक साहको शव पोष्टमार्ट भईसकेको र शव लाई आफन्तको जिम्मा लगाई सकिएको ईप्रका मौलापुरका ईन्सपेकटर राकेश यादवले जानकारी गराउनु भएको हो ।