रौतहट प्रहरीले बलात्कार आरोपमा एक जनालाइ गर्यो पक्राउ

रौतहट । साउन १ गते
रौतहट जिल्लामा बालिका बलात्कारको आरोपमा एक युवक लाई प्रहरीले पक्रेको हो । स्थानीय गुजरा नगरपालिका वडा ५ लक्ष्मीपुर टोलका का २२ वर्षीय युवक शेख तुफानी बलात्कारको आरोपमा पक्राउ परेको ईप्रका विजयपुरले जनाएको हो । आरोपित लाई ईलाका प्रहरी कार्यालय फतुआ विजयपुरको टोलीले समातेको हो । गत आषाढ २७ गते शनिबार गुजरा ५ लक्ष्मीपुर गाउँकी एक १४ वर्षीया बालिका सौच गर्न खेतमा जाने क्रममा शेख तुफानीले बलात्कार गरेको जनाईएको हो ।बलात्कृत बालिकाको मेडिकल टेष्ट भैइसकेको बताईएको हो । बलात्कारका आरोपि तुफानीमाथि करणी सम्बन्धि कसुर मुद्दा दर्ता भई जिल्ला अदालत गौरबाट १० दिनको म्याद थमाएर थप अनुसन्धान भैइरहेको ईप्रका फतुआ विजयपुरको ईन्सपेकटर चन्द्र किशोर साहले जानकारी गराउनु भएको हो ।