मौलापुरमा सौन्दर्यीकरण बढ़ाउन फलफुलको बिरूवा वितरण गरियो

रौतहट । साउन ०३ गते
आज मौलापुर नगरपालिकाले प्रत्येक परिवारलाई आ आफ्नो घर आँगनमा अनिवार्य बिरूवा रोप्न डोल सहित फलफूलको बिरूवा वितरण गरिएको छ । यस अघि पनि नगरको सौन्दर्यीकरण बढ़ाउन मुख्य सड़क किनारमा अशोक लगायतको बिरूवा संगÞै सार्वजनिक स्थलहरूमा छहारी एवं सौन्दर्य बढाउने जातको बिरूवाहरू समेत लगाउने कार्य अगाड़ी बढ़ाईसकिएको छ । आज खास गरि घर आँगनमा सौन्दर्य बढाउने, छहारी दिने र फल समेत पाउने उदेश्यका साथ विरुवा वितरण गरिएको हो । नगरपालिको वड़ा न. ५ मा झण्डै १ हजार घरपरिवारलाई दुइ दुइ वटा डोल सहित २ हजार फलफुलको बिरूवा वितरण गरिएको छ । बिरूवा वितरणमा ५०० आँप ,२०० लीची ,१२५ कटहर,१२५ अम्बा ,१०५ अशोक ,१०० बकायन ,५ समे ,१०० अमला र २०० कागती का विरुवाहरु रहेका छन् । एक कार्यक्रमका बिचम मौलापुर नपाकि मेयर रिना कुमारी साहले आफैं घरघर पुगी विरुवा वितरण गर्नु भएको थियो । मेयर साहको यो अभियान लाइ नगरवासीहरुले सराहना गरेका छन् । यसरी मेयरले आफनो नपामा नयाँ नयाँ अभियान ÷योजना ल्याउँदै गएपछि वहाँ लोकप्रियता बढदै गएको छ ।