आजका पत्रपत्रिकाः स्थानीय तहका टुक्रे योजनाले विकास खर्च न्युन

३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले विभिन्न प्रसङ्गलाई प्राथमिकताका साथ पहिलो पृष्ठमा लेखेका छन् ।

भाडामा प्यारामोटर ल्याएर परीक्षण, भर्ना अभियान सुरु, आँखा अस्पतालमा इलेक्ट्रोनिक टोकन मेसिन, नयाँ वर्षको दिन ३ दूर्घटा, २ हजार रुख काटेर ६४ करोडको महाविद्यालय, अख्तियारमा उजुरीक चाङ, तराईलाई पछ्याउँदै मकवानपुर, विष् विभुषितलगायतका समाचार आजका दैनिक पत्रिकामा पहिलो पृष्ठमा छापिएका छन् ।

मकवानपुरको स्थानीय तहहरुले साना र कम लागतका धेरै योजना बनाएर बजेट बाँडेको कारण पुँजीगत र भौतिक प्रगति न्युन रहेको पाइएको आजको साझाकुरा दैनिकले पहिलो पृष्ठमा मुख्य समाचार बनाएर छापेको छ ।

एउटा स्थानीय तहमा सयौं योजनाहरुमा ५० हजारदेखि २ लाख रुपैयाँसम्म बिनियोजन गरेका छन् । चालु आबको ८ महिनाको अवधिमा मकवापुरका १० वटा स्थानीय तहमा समग्रमा ४२ प्रतिशत बजेट खर्च भएको पाइएको छ ।

स्थानीय तहले सानो सानो योजनामा पनि बजेट छरेका कारण पुँजीगत तथा भौतिक प्रगति निकै न्युन पाइएको स्थानीय तहको अनुगमनकर्ता जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताए । मकवानपुरका दशैवटा स्थानीय तहको अनुगमन गर्दा सबै स्थानीय तहले साना आयोजनामा बजेट खर्च गरेको पाइ्रएको उनले बताए । मकवानपुरगढी गाउँपालिकामा मात्र यसबर्ष स्थानीय तहमार्फत ६ सय ५८ वटा आयोजना सञ्चालनमा छन् । यस्तै हेटौंडा उपमहानगरपालिकामा पनि ६ सय भन्दा बढी योजनाहरु चालु अवस्थामा रहेका छन् ।

मनहरी गाउँपालिकाले ४ सय ६३ वटा, बकैया गाँउपालिकाले ४ सय वटा, बागमती गाउँपालिकाले ३ सय १७ वटा, राक्सिराङ गाउँपालिकाले ४ सय १, ईन्द्रसरोवर गाउँपालिकामा २ सय ९४, कैलाश गाँउपालिकाले ६ सय २२, भीमफेदी गाउँपालिकाले ४ सय ८५ वटा योजनाहरु सञ्चालनमा छन् ।

जसमध्ये अधिकांश योजना ५० हजारदेखि २ लाखसम्मको रहेको पाइएको जिल्ला समन्वय समिति मकवानपुरले जनाएको छ । थाहा नगरपालिकाले भने ५ लाख भन्दा बढी बजेटका एकसय १ वटा योजना कार्यान्वयन गरिरहे पनि अन्यमा भने साना योजना नै बढी छन् ।

हेर्नुहोस् आजका दैनिक पत्रिकाको पहिलो पृष्ठ

sajhakura daily
pradesh daily
samriddha samaj