संचारकर्मी रजकमाथी लुटेराका समुहहरुले गरे आक्रमण दुई जना पक्राउ


अषाढ २ गते । रौतहट
रौतहटमा संचारकर्मी मार्थी लुटेराका समुहहरुले आक्रमण गरेका छ। जिल्लाको गरुडा नगरपालिका वडा न.९ र बृनदावन नगरपालिकाको वडा न.६ को बिचमा पर्ने नहरको बाटोमा सोमबार राती करिब १० बजेको समयमा लुटेराहरुले अपहरण कारीको शैलिमा ना ६३ प ५४२९ नम्बरको सैलुटु मोटरसाईकल बाट जादै गरेका बाईकमा सवार रेडियो संगम १०५.५ मेगाहर्ज धरहरीका समाचार बाचक एवम संम्वादाता दिपेन्द्र रजक लाई घेराहाली कुटपिट गरि घायल बनाएका छन ।

मोटरसाईकल बाट रिपोटीङ् गरेर उतैबाट शिस्वा धमौरा गाउमा जयन्ती जादै गर्दा हातहथियार सहित ६र७ जनाको समुहमा बसेका लुटेराका समुहहरुले संचारकर्मी रजकलाई छात्तीमा बन्दू सटाएर ज्यानमारने धम्की दिदै नहरको पुलमुनी लगि उ संग रहेका ओपो कंम्पनीका मोबाईल अर्को गोटीबाला मोबाईल,सुनको शिकरी एक तोला, र नगद २० हजार रुपैया समेत लुटेका छन। डाकाका समुहले लुटने मनशायले सोही बाटो भएर आउदै गरेका अर्को मोटसाईललाई समेत नियन्त्रणमा लिई त्यसमा सबार ब्यक्ती माथीपनि आक्रमण गरेका थिए। सोही क्रममा मोटरसाईलमा सवार भएर आएका अर्को ब्यक्तीले घायल संचारकर्मी रजकलाई घेराहालिएको अवस्थामा हेर्दा र आफनो साथीलाई तिनिहरुबाट बचाउन उनले प्रहरीलाई खबर गरेका थिए।

यता नहरको छेउ बाट संचारकर्मी रजकले आफनो ज्यान जोगाउनको लागि चिकना गाउको तर्फ भागेर आफनो ज्यान जोगाउन सफल भए। गाउमा प्रबेश गरेपछि उनले गाउका वडा अध्यक्ष शेख अशलम सम्कक्ष पुगे र घटनाको बारेमा जानकारी गराएका थिए। संचारकर्मीका कुरा सुनेर वडा अध्यक्ष अशलमले नजदिकैको हरसाहामा रहेका प्रहरीलाई समेत खबर गरेका थिए।
जानकारी पश्चात गरुडा हरसाहा र बिर्ताबाट खटिएको संयुक्त प्रहरीका गस्ती टोलीले स्थानियबासीहरुको सहयोगमा घटना स्थलबाट दुई वटा मोटरसाईकल र दुई जना लुटेराहरुलाई पक्राउ गर्न सफल भएका थिए र अन्य ब्यक्ती फरार भएका थिए। पक्राउ परेका उनिहरुको ठेगाना खुल्न नसकेका र अन्दाजी ३५ र २३ वर्षका दुई जना पुरुष रहेका छन। चोरहरुलाई ईलाका प्रहरी कार्यलय गरुडमा राखिएको र फरार अरुलाई खोजिकार्य भईरहेको गरुडा प्रहरीले बताएका छन। पक्राउपरेका दुई जना माथी लुटपा तथा ज्यान मार्ने सम्बन्धी मुदा चलाईने डिएसपी ज्ञानकुमार महतोले बताएका छन । यस बारे थप अनुशनधान भई रहेको ईलका प्रहरी कार्यलय गरुडाले जनाएको छ ।