दुई भेनटीलेटर सहित कटहरियामा आईसोलेसन कक्ष निर्माण हुने

रौतहट । साउन २८ गते

रौतहट जिल्लाको कटहरिया नगरपालिकामा समुदाय स्तरमा कोरोना फैलिदै गएपछि नगर प्रमुख सियाराम कुशवाहा एक्सनमा आउनु भएको हो । हिजो मात्रै आकस्मिक रूपमा बैठक बोलाई नगरभरिमा अगामी भदौ ६ गते सम्मका लागि निषेधाज्ञा लागू गर्ने सहितका अन्य निर्णयहरू गरेका थिए । हिजो मंगलबार सर्वदलीय बैठक बाट श्री जन्ता मावि कटहरिया को भवनमा ५० सैयाको २ वटा भेनटीलेटर सहितको आईसोलेसन कक्ष निर्माण गर्ने सर्व सहमति बाट निर्णय गरिएको थियो । सोहि अनुसार सामाजिक दूरि पालन गरि आज कार्यपालिका को बैठक बसि कोरोना व्यवस्थापन को समिति गठन गरिएको छ । कोरोना भाईरस कोविड १९ महामारी नियन्त्रण तथा व्यवस्थापनको लागि समिति गठन गरिएको छ । कटहरिया नगरपालिका का प्रवत्ता एवम् वडा नम्बर ४ का वडाध्यक्ष चन्दन कुशवाहा को संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो । गठित समितिको सदस्यहरूमा वडा नम्बर ५ का वडाध्यक्ष सर्फलाल गुप्ता, वडा नम्बर ७ का वडाध्यक्ष हरिभजन साह , कार्यपालिका सदस्यहरू रामप्रवेश साह , निर्मला देवि , पिएचसि कटहरिया का डाक्टर यसु मल्ल र सदस्य सचिवमा छोटेलाला मिश्र रहनु भएको छ । नगरभरिमा कोरोना भाईरस कोविड १९ नियन्त्रण न्यूनीकरण तथा व्यवस्थापनको जिम्मा समितिलाई दिईएको हो । आईसोसन र ईमर्जेन्सी कक्ष संचालन को नगरपालिकाले विषय विज्ञ डाक्टर ,मेडिकल अधिकृत ,खरिददार वा सो सरह,कार्यालय सहयोगी पदमा भर्ना खोलि पदपूर्ति गर्ने निर्णय गरिएको हो । उनीहरूको सेवा सुविधा नेपाल सरकारले तोके बमोजिम भता र साथै कोरोना भाईरस कोविड १९ नियन्त्रणमा खट्ने कर्मचारीहरूको विमा पनि गरिने निर्णय गरिएको हो । विषय विज्ञ डाक्टरलाई ५० लाख,मेडिकल अधिकृत लाई २५ लाख , खरिददार वा सो सरह वा माथि को कर्मचारीको १५ लाख, कार्यालय सहयोगी वा सो सरहको ५ लाख को बिमा गरिने भएको नगर प्रवत्ता कुशवाहाले जानकारी गराएका हुन् ।