प्रदेश सासंद खातुनले बहुअरीमा गरिन पक्की भवनको सिलान्यास

रौतहट । साउन २८ गते
रौतहटको बृन्दावन नपाको बहुअरीमा सार्वजनिक भवनको शिलान्यास गरिएको हो । नगरपालिका को वडा नं. ८ बहुअरीमा धेरै दिन देखि भवन बनाउन योजना थियोे । जुन आज कलवार सेवा समितिको सार्वजनिक स्थायी पक्की भवनको सिलान्यास गरिएको हो । गाउँमा आउने अथिती,जनतीहरु त्यही भवनमा राख्ने र सार्वजनिक कार्यहरु त्यही भवनमा गर्ने उदेश्यले यो भवन को निर्मान गर्न लागेको हो । भवन निर्माणमा लाग्ने सम्पुर्ण रकम बिधायक हसिमा खातुनले उपलब्ध गराउने घोषणा गर्नुभएको हो । उक्त सिलान्यास कार्यक्रममा रौतहट क्षेत्र नं(४ झखञको बिधायक हसिमा खातुन,वृन्दावन न.पा.नगर प्रमुख को प्रत्यासी उमेदवार तथा ने.क.पा.को जिल्ला सदस्य बिनोद पटेल,ने.क.पा.को पुर्व क्षेत्रिय सदस्य सलामोदिन दर्जी,उ.मा.वि.बरगजवाको भु.पु.अध्यक्ष उपेन्द्र साह,राजेश यादव,छोटेलाल साह र रामबाबु साह लगायत सामाजिक दुरी कायम गर्दै धेरै स्थानियहरुको पनि उपस्थिती रहेको थियोे ।