मधेस मुक्तिको लागि जनमत पार्टीको विकल्प नरहेको ः नेता मल्लिक


रौतहट । साउन ०३ गते
आज गरुडा नगरपालिकाको वडा नम्बर सात पिपरियामा सयकडौको संख्यामा युवाहरू डाक्टर सिके राउत नेतृत्वमा रहेको जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टी मधेस नेतृत्व पुञ्जको केन्द्रीय संयोजक ललित मल्लिक शानू को प्रमुख आतिथ्यमा र जनमत पार्टी रौतहटको सचिव बिकास यादवको विषेश आतिथ्यमा पार्टि प्रवेश कार्यक्रम आयोजन गरिएको थियो । आयोजित पार्टी प्रवेश कार्यक्रममा मनजिव पटेल, महादेव साह निकलेश यादव लगायतका युवाहरूको नेतृत्वमा जनमत पार्टीको सदस्यता लिइ युवाहरू कार्यक्रम आयोजन गरी पार्टी प्रवेश गरेका थिए । उक्त कार्यक्रममा मनजिव पटेल अध्यक्षतामा युवा जनमत संघ टोल एकाइ कमिटी र रंजित पटेल को संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ । उक्त कार्यक्रममा जनमत पार्टी गरुडा नगर अध्यक्ष बसन्त साह नेताहरु रामलाल यादव, श्याम यादव लगायतका नेताहरुको सहभागिता थियो । कार्यक्रममा नेता मल्लिकले मधेस मुक्तिको लागि जनमत पार्टीको विकल्प नरहेको र जनमत पार्टीले सामुदायिक स्वराजको स्थापना गर्ने बताएकाको सचिव बिकास यादवले जानकारी गरिएका छन् ।