हिन्दू परिषद नेपाल रौतहट द्धारा गरियो शान्तिपूर्ण बिरोध प्रदर्शन


रौतहट । साउन ३ गते

रौतहट जिल्लाको सदरमुकाम गौरमा हिन्दू परिषद नेपाल ले शांतिपूर्ण विरोध प्रदर्शनसँगै ओलि र चिनियाँ राजदूत होउ यान्छीको पुत्ला समेत दहन गरिएको छ ।
गरेका छन्।

आदि कवि भानुभक्त अचार्यको जन्मजयन्तिका अवसरमा सोमबार प्रधानमन्त्री ओलीले भगवान रामको जन्मस्थल भारतको अयोध्या नभइ पर्साको वीरगञ्जस्थित चितवन ठोरी रहेको बिवादित अभिव्यक्ति दिए पछि नेपाल का विभिन्न ठाउँहरुमा प्रधानमंत्री के. पी. शर्मा ओली विरुद्ध बिरोध प्रदर्शन शुरू भएको छ ।

पौरानिक काल देखिको सम्बन्धमा चिसोपन उत्पन्न भएको भन्दै हिन्दु परिषद नेपाल रौतहट कार्य समिति द्धारा रौतहटको गौरमा विभिन्न नारा सहित प्रदर्शन गरेको छ । नेपाल भारतको रोटीको सम्बन्ध माथि हचुवाको भरमा देशको गरिमामय पदमा बसेका एक जिम्मेवार व्यक्ति नेपालका प्रधानमन्त्री केपि शर्मा ओलीले भगवान श्रीराम नेपाली रहेको आशयको अभिव्यक्ति दिएपछि परापुर्वकाल देखिको नेपाल भारत ऐतिहासिक मजबुत सम्बन्धमा दरार आउने खतरा देखिएको छ ।

कोणासभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल–भारतबीचको सदियौंदेखिको रहेको सम्बन्धलाई कुतर्क गरेर तोड्न खोजेको र विश्वका करोडौं हिन्दु धर्मावलम्बीको आस्थामाथि अहिलको दुई तिहाइको सरकार र प्रधानमन्त्री ओलीले ठेस पुर्याएको छ । भन्दै हिन्दू परिषद नेपाल रौतहटको जिल्ला संयोजक ओमप्रकाश साह मधेशीयाले बताएका छन ।

प्रधानमन्त्री ओलीको बिरुद्धमा प्रदर्शन गर्नेहरुले हिन्दू धर्म माथिको आक्रमण बन्द गर, ओमकार परिवार एक होऔा, हिन्दू राष्ट्र कायम गर, धर्म बेच्न दलाल नेताहरु मुर्दाबाद, पुरुषोतम मर्यादा भगवान श्रीरामलाई बाडन पाईदैन, धर्म निरपेक्षताको आडमा गुण्डागर्दी बन्द गर, प्रधानमन्त्री केपी शर्मा ओली आफनो अभिव्यक्ति फिर्ताले, नेपाली नागरिकको पहिचान सहितको हिन्दू धर्म कायम गर, जय श्रीराम, जय सियाराम, नेपाल भारतको सम्बन्ध अमर रहे, भन्दै नारावाजी गरेका थिए ।

प्रदर्शनमा हिन्दू परिषद नेपाल रौतहटका प्रवक्ता अभिमनु कुमार पटेल, ग्रिसनन्दन सिंह, संजय कुमार यादव, राजीव कुमार सिंह, सत्येन्द्र प्रताप सिंह, मोसाफिर राय यादव, अरबिन्द कुमार यादव, अशोक सिंह, हनुमत यादव, कृष्ण यादव, जितन यादव लगायत समाजका अगुवाहरुको समेत सहभागिता रहेको थियो ।