देवाही गोनाही नपामा सयौं सेट ग्यास सिलिन्डर तथा चुल्हो वितरण


रौतहट । साउन ०३ गते
देवाही गोनाही नगरपालिकामा आज ग्यास सिलिन्डर तथा चुल्हो सेट वितरण गरिएको छ । मेयर धर्मेन्द्र पटेल द्वारा देवाही गोनाही नगरपालिका वार्ड न. ३ मा धुवा मुक्त बनाउने अभियान अन्तर्गत ग्यास सिलिन्डर तथा चुल्हो सेट सहित समाजिक दुरी कायम गरि वितरण बितरन कार्य समपन्न भएको छ ।
देवाही गोनाही नगरपालिकाको नगर प्रमुख नेता मेयर धर्मेन्द्र पटेलले वडा नं.३ देवाही देखि बजारटोलाका सम्पुर्ण व्यक्तित्वहरूलाई खाना बनाउने ग्यास भरिएको ग्यास सिलिन्डर तथा चुल्हो सेट सहित २५० जना भन्दा बढी घरधुरीलाई वितरन गरिएको मेयर पटेलका स्वकिय सचिव अशोक पटेलले जानकारी गराएका हुन् ।