घुस लिँदै गरेको वडाध्यक्ष प्रहरीको फन्दामा

सप्तरी – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सप्तरीबाट २५ हजार घुससहित एक जना वडाअध्यक्षलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका वडा न. ५ का वडाअध्यक्ष शिल्टु मियाँ रहेका छन् । सेवाग्राहीबाट २५ हजार घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मियाँलाई साेमबार बिहान पक्राउ गरेको हो ।

पक्राउ परेका वडाअध्यक्ष मियाँलाई आवश्यक अनुसन्धानपछि कारवाही गरिने आयोगले जनाएको छ ।