बलत्कार जस्ता जघन्य अपराधका घटनामा प्रदेश सरकार तथा प्रहरी प्रशासन मौन

बिमला गुप्ता
“बलत्कारीलाई कारवाही गर, बलात्कृतलाई न्याय दे” भन्ने नाराका साथ सोमबार जनकपुरधाममा प्रदेश २ का युवाहरुको भेलाले दबाब मुलक कार्यक्रम गरेको छ । बलत्कार जस्ता जघन्य अपराधका घटनामा प्रदेश सरकार तथा प्रहरी प्रशासन मौन बसेको र कसैले पिडितको न्यायको लागी चासो नदेखाएको भन्दै बलत्कृतको न्यायको लागी दबाब मुलक कार्यक्रम गरिएको महिला अधिकारकर्मी तथा बलात्कार विरुद्ध युवा संगठनकि संयोजक गुन्जा रायल बताइन् ।
जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि भएको दबाब मुलक कार्यक्रममा प्रदेश २ को धनुषा, महोत्तरी, सिरहा, सर्लाही तथा रौतहट लगायतका जिल्लाका युवा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
अहिले बलत्कारका घटना देश व्यापिरुपमा रहेको छ तर अन्य भन्दा प्रदेश २ को अवस्था निकै भयावह रहेको भन्दै सरोकारवाला निकायलाइ दबाब दिनका लागी प्रत्येक जिल्लाबाट युवाहरुको संगठन एकजुट भएर कार्यक्रमा सहभागी भएको संगठनकि अर्कि अभियन्ता काजल झाले भनीन् ।
‘अहिले बलत्कार जस्तो घटना प्रहरी र राजनितिकर्मी मिलेर यस्ता घटना दबाउन चलखेल गर्दैछन् , पिडितको मुद्दा दर्ता नगर्ने र अपराधिलाई खुल्ला रुपमा घुम्न दिने प्रवृति बढेको छ, उनले भनीन् ‘ बलत्कारको संविधान नै संशोधन गरेर अब बलत्कारीलाई फासीको सजाय दिने व्यवस्था नगरे सम्म छोरी चेली सुरक्षीत हुदैनन् ।’ उनका अनुसार यस्ता यस्ता घटनामा कडा कानुन ल्याएर प्रहरी र राजनितिक दलको हस्तक्षेप बन्द गर्नुपर्छ ।
संगठनकि संयोजक गुन्जा रायका अनुसार अहिले महिलाको मर्यादा नै जोखिममा रहेको हुदाँ यसको रक्षाका लागी आफुहरु सरकार समक्ष मागं गरेका हौ । उनले भनिन् धनुषाधाम नगरपालिकाको सरसा गाउँमा दुइ दाजुभाई मिलेर एक १७ वर्षिय युवतिलाई बारम्बार ललाइ फकाइ बलत्कार गरेको घटना स्वयम् पिडितले प्रहरी समक्ष न्यायको लागी गुहार लगाउदा पनि राजनितिक दबाबमा पिडितका अहिले सम्म दोषिलाई पक्राउ गर्न सकिएको छैन ।
दोषि भरतमान श्रेष्ठ र उनका दाइ राममान श्रेष्ठ खुलेयाम रुपमा घुमिरहेको र प्रहरीले उनीहरु माथि कार्ववाहि गर्न नसक्नु लज्जास्पछ कुरा भएको उनले बताइन् ।
उनका अनुसार ति युवतीलाई छिमेकमा घर भएका दाजुभाई मिलेर घरमा कोही नभएको मौका छोपि विभिन्न प्रलोभनमा ३ वर्ष देखी बलात्कार गरीरहेको जसकारण अहिले पिडितको मानसीक अवस्था समेत खलबलाएको छ । पिडित युवती उजुरीका लागि जिल्ला प्रहरी तथा ईलाका प्रहरी कार्यालयमा धाइरहदा १५ दिन पछि प्रहरीले जाहेरी दर्ता गरेपनि दोषिलाइ कारवाहि गर्न कुनै चासो नदेखाएको संयोजक रायको भनाइ छ । पिडित युवतिले यस अघि न्यायका लागी गाउँ समाजमैे जानकारी दिएपछि गाउँमै पञ्चायतिको माध्यमबाट मिलापत्र गराउने कुरा भएको अधिकारकर्मी रायले भनीन । घटना उजागर भएको एक महिला बितिसक्दा समेत पिडित न्यायका लागी दिनहुँ जिल्ला प्रहरी कार्यालय धुनुषामा धाइरहदा दर्ता भएको मुद्दामा पनि प्रहरीले घटनाको ढाकछोप गर्न तर्फ लागेको अधिकारकर्मी रायले बताइन् । ‘ सुरुमा प्रहरीले मुद्दा दर्ता गर्न आलटाल गर्यो , अहिले पीडक परिवारको दबाबका कारण प्रहरीले बलत्कारीलाई उन्मुक्ति दिन खोज्दैछ उनले भनीन् ।’

पिडित बालीकामा माथि १४ वर्षको उमेर देखी बलत्कार भइरहदा अहिले उनको मानसिक अवस्था बिग्रीएको र रिवारजन उपचार गराउन लागी परेका छन् ।
न्यायमा राजनितिक चलखेल अधिक भएकाले यस्तो अवस्थामा सरकारको गम्भिर ध्यानाकर्षण हुन जरुरी रहेका संगठनकि अभियन्ता रुबि झाले बताइन् । ‘ हामीहरुको मुख्य मांग नै बलत्कारीलाई फासीको सजाय दिनका लागी हो , अहिले यस्ता घटना देश व्यापिरुपमा बढ्दै जादा महिला अब कतै सुरक्षीत छैनन् ।’सगंठनमा आवद्ध प्रदेश २ का युवाहरु मिलेर अब प्रत्येक जिल्लामा दबाब मुलक कार्यक्रम गने को योजना रहेको उनले बताइन् ।