रौतहट । साउन २८ गते
कटहरिया नगरपालिकामा आज सर्वपक्षिय बैठक सम्पन्न भएको छ । जिल्लाको चर्चित बजार कटहरिया स्थिति रहेको श्री जन्ता माध्यमिक विधालयको प्रांगणमा सामाजिक दूरी पालन गरि बैठक सम्पन्न भएको छ । नगरपालिकामा समुदाय स्तर सम्म कोरोना भाईरस कोविड १९ को संक्रमण बढदै गएपछि आज आकस्मिक बैठक बोलाईएको थियो । आज दिउँसो मंगलबार नगर प्रमुख सियाराम कुश्वाहाको अध्यक्षतामा सर्वपक्षिय बैठक सम्पन्न भएको थियो । बैठकमा कोरोना को न्यूनीकरणमा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले व्यवहोर्ने र सबैले आ (आफनो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्ने सर्वसहमतीले निर्णय गरिएको हो । त्यस्तै बैठक बाट साउन २७ गते देखि अगामी भदौ ६ गतेसम्म १२ दिनको लागि कटहरिया नगर भरि पूर्णरुपमा निषेधाज्ञा जारिराख्ने निर्णयमा गरेको हो । निषेधाज्ञा अवधि भर मनपरि ढंगले चोराई लुकाई अति आवश्यक बाहेक व्यापार व्यवसाय चलाउने लाई ५१ सय जरिवाना र एक दिन थुनामा राखी कार्यवाही गर्ने निर्णय गरिएको नगर प्रमुख सियाराम कुशवाहाले जानकारी गराउनु भयो । नगरको समुदाय स्तर सम्म कोरोना फैलदै गएकोले पिसिआर चेक जाँचको दायरा बढाई वडा नम्बर १ देखि ९ सम्मका सम्पूर्ण जन्ताहरूको जाँच परीक्षणको लागि पहल गरिने कटहरिया नगर प्रवत्ता चन्दन कुशवाहाले जानकारी गराउनु भयो । श्री जन्ता मावि कटहरियाको भवनमा आईसोलेसन कोठा तयार गरि संचालन गर्ने निर्णय गरिएको हो । कटहरिया बजार क्षेत्रमा निषेधाज्ञा अवधिमा सम्बन्धित वडाअध्यक्ष र स्थानीय प्रहरीको समन्वयमा खाद्यान्न सामग्री सहज रूपमा उपलब्ध गराईने निर्णय भएको बैठकमा सहभागी वडा नम्बर ७ का वडाध्यक्ष हरिभजन साहले बताउनु भयो । यस अवसरमा नगर प्रमुख सियाराम कुश्वाहा संगै सशस्त्र बेस कैम्प दुधियाभारका इन्स्पेक्टर देवीलाल गोतामे, ईलाका प्रहरी कार्यालय कटहरियाका सई सुरेन्द्र सिंह लगायत शिक्षक जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।