रौतहटमा १५ बर्षीय बालिकाको बलात्कारको आरोपी एक जना पक्राउ

रौतहट । असोज १३ गते
रौतहटमा बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन । कटहरिया नगरपालिका वाड नं. १ भसेढवा परसबनि टोलका हरिदासका ३५ वर्षीय छोरा इन्दल दाश पक्राउ परेका हुन ।
इलाका प्रहरी कार्यालय गरुडाले उनलाइ सोमबार राती पक्राउ गरेको हो । सोमबार राती ९ बजे सोहि टोलकी एक १५ बर्षीया बालिकामाथि धारामा पानी भर्न गएका बेला इन्दलले बलात्कार गरेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी रबि रावलले जानकारी दिए ।
कोही नभएको मौका छोपी ईन्दलले बालिकाको मुख थुनेर नजिकैको धानखेतमा लागि बलात्कार गरेको पीडित बालिकाले बताएकी छिन् । पीडित बालिकाले घटनालगत्तै घरमा गएर सबै कुरा बताएकी थिइन् । ईलाका प्रहरी कार्यालय कटहरियाबाट सई लतिफ अन्सारीको कमान्डमा गएको टोलिले आरोपी इन्दल दाशलाई राती १२ बजे पक्राउ गरेको थियो । पीडितका बाबुले प्रहरीलाई खबर गरेका थिए ।पक्राउ परेका आरोपी हाल ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको र पीडितका बुबाको जाहेरीको आधारमा उनीमाथी जबरजस्ती करणीसम्बन्धि मुद्दा दर्ता गर्ने तयारी भैरहेको डिएसपी रबि रावलले बताए । पीडित बालिकालाई स्वास्थ परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाईएको समेत उनले जानकारी दिए ।