बहुजन शक्ति पार्टीका अध्यक्ष पासवानको अगुवाईमा गरुडामा विरोध रयाली

रौतहट । असोज १३ गते
रौतहटका दलितहरुको हत्याको श्रृंखला बढ्दै गएको भन्दै दलित अगुवाहरुले विरोध प्रदर्शन गरेका छन । रौतहटमा बिगतका दिनमा दलितहरुको हत्या तथा यातना दिइएको विरोधमा गरुडामा मंगलबार प्रदर्शन गरिएका हुन । दलित विजयराम , निरञ्जन रामलाई थुनामा यातना दिइएको तथा सुमिन्त्रा देवी बैठाको हत्या गरिएको विरोधमा उनीहरुले नारावाजी गर्दै आज प्रदर्शन गरेका हुन् । बहुजन शक्ति पार्टीका अध्यक्ष एवं पूर्व मन्त्री विश्वेन्द्र पासवानको अगुवाईमा विरोध रयाली नगरका विभिन्न भागको परिक्रमा गरि कोणसभामा परिणत भएको थियो । कोणसभामा पूर्व मन्त्री पासवानले दलितहरुमाथि भएको अमानविय व्यवहार विरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिएका छन । उहाले निरञ्जन राम, विजय रामको हत्यारालाई सजाय दिलाउन उच्च अदालतमा मुद्दा दिने तयारी समेत गरिरहेको जानकारी दिनु भयो । दलित भएकै कारण उनीहरुको हत्या भएको उहाको भनाइ रहेको थियो । विरोध प्रदर्शनमा दलित अगुवा जितेन्द्र पासवान सहित सयौँ व्यक्तिको सहभागिता रहेको थियो ।