भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राएको मालसामान र भैसीलाई बारा प्रहरीको नियन्त्रणमा


बारा । असोज १३ गते
जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न नाकाहरुबाट भन्सार छली गरेर अवैध रुपमा भित्रिएको मालसामान तथा भैसी बरामद गरि भन्सार चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराको मातहतमा रहेका इलाका प्रहरी कार्यालय सिम्रौनगढ बारा समेतबाट खटिएको प्रहरी गस्ती टोलीले बाराको कलैया उपमहानगरपालिका वडा नं।२० र सिम्रौनगढ नगरपालिका वडा नं। ६ स्थितमा भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राएको मालसामान र भैसीलाई नियन्त्रणमा लिएर वीरगंज भन्सार कार्यालय पर्सामा पठाएको छ । बिभिन्न किसिमको लताकपडा र उक्त लताकपडा ओसारपसार गर्न प्रयोग गरिएको दुई वटा मोटरसाईकल र सुवर्ण गाउँपालिका वडा नम्बर ३ स्थित नेपाल भारत सिमा नजिक भारतबाट नेपाल भित्राएको भैसी ३ वटा र पाडो गरि ६ वटा समेत बेवारीसे अवस्थामा फेला पारी भन्सार कार्यालयमा दाखिला गरिएको बारा प्रहरीका प्रवक्ता गौतम मिश्रले जानकारी दिएका छन । बरामद भन्सार छलिका लताकपडा तथा भैसी समेत भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि भन्सार कार्यालय वीरगंज पर्सा पठाइएको बारा प्रहरीले जनाएको छ ।