वडा कार्यालयमा स्थानियबासीले तालाबन्दी

आर्दशवाणी संवाददाता । पर्सा, १२ मंसिर । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ को वडा कार्यलयमा स्थानियबासिले तालाबन्दी गरेका छन् । बिगत ८ महिना अगाडी देखी नालाको पानीको निकासलाई लिएर सो वडाका वडा अध्यक्षलाई कैयौ पटक जानकारी गराउदा पनी कुनै सुनुवाइ नभएको भन्दै बिहिवार पुन जानकारी गराई समस्या समाधानका लागी पहल गराउन मांग गरेका छन् । वडा अध्यक्ष जितेन्द्र पटेलले आफुले केहीगर्न नसक्ने जे गर्नुछ गर भन्दै गैरजिम्मेवार जवाफ दिएपछि आक्रोशित स्थानियबासी र अध्यक्ष बिच झडप समेत भएको थियो । झडपछि स्थानियबासीले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । तालाबनदी गर्न जानेहरुमा वडा नम्बर २ का विनोद तुराहा,ठग साह तुराहा,हरीनाथ पटेल,श्रीलाल प्रसाद पटेल, श्रवण पटेल, जादोलाल लगायतका रहेका छन् । नगरपालिकामा यस समस्याको समाधानका लागी पत्र पठाइएको र ७ दिन भित्र समाधान नभए थप आन्दोलनको कार्यक्रम घोषण गर्ने राजपा नेपालका नेता शिव पटेलले चेतावनी दिनुभयो ।