बौद्धीमाई नगरपालिकाका मेयर प्रत्याशी त्रिभुवन साह घरदैलोमा व्यस्त

रौतहट– बौद्धी माई नगरपालिकाको मेयरका प्रत्याशी एमालेका उम्मेदवार त्रिभुवन साहले बिहिवार देखी घर दैलो कार्यक्रम सुरु गरेका छन ।
चुनावी प्रचार प्रसारको क्रममा उनले बौद्धीमाई नगरपालिका वडा नम्बर ७ बंकुलमा बिहान घरदैलो गरेका हुन ।
बैशाख ३० गतेको निर्वाचनलाई आफ्नो पक्षमा पार्न साहले बिहान देखी बेलुकी सम्म मतदातालाई रिझाउन व्यस्त देखिएका छन ।
चुनाव लडनुको कारण बारे मतदातालाई स्पष्ट पार्दै उनले नगरको विकासमा कायापलट ल्याईदिने आश्वासन बाड्न थालेका छन ।
एमाले पार्टीले तयार पारेको घोषणापत्र समेत साथमा लिएर उम्मेदवार साहले मतदातालाई सम्झाई बुझाई गर्न थालेका छन ।
घरदैलो कार्यक्रममा वडाध्यक्षका उम्मेदवार गुडू मिया, एमालेका युवा नेताहरु विरेन्द्र यादव, भागेश्वर यादव लगायतको सक्रिय सहभागिता रहेको थियो ।