बाघको आक्रमणबाट दुई जना घाईते

बारा, ११ फागुन ।
बाघको आक्रमणबाट बारामा दुई जना घाईते भएका छन् । घाईते हुनेहरुमा रौतहटको बौद्धीमाई नगरपालिका–३ बस्ने ३० बर्षे कृष्ण साह र सोही ठाउँका ३५ बर्षे राजु साह रहेका छन् ।

उनीहरु पथलैयाबाट निजगढ हुँदै रौतहट तर्फ ना ३६ प ५०११ नम्बरको मोटरसाइकलमा सवार भइ जादै गरेको अवस्थामा बुधबार साँझ पौने ५ बजे जितपुरसिमरा उप–महानगरपालिका–१६ भद्रकाली स्थित बाघले आक्रमण गर्दा घाईते भएका बारा प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक कृष्ण साहको खुट्टामा चोट लागेको छ भने, पछाडी सवार राजुको बाघले लछारपछार गर्दा टाउँ, बाँया हात र दाया हातमा घाउँ लागेकाले उहाँहरुको सामुदायिक अस्पताल निजगढमा उपचार भई रहेको बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्योपानेले जानकारी दिनुभयो ।

पर्सा राष्ट्रिय निकुञ्जको अमलेखगंजदेखि पथलैया हुँदै निजगढसम्मको लोकमार्ग सडकमा जंगली जानवरहरु ओहोरदोहोर गर्ने गरेकाले सो क्षेत्रको एरियामा सुरक्षा सतर्कता अपनाएर आवत जावत गर्न सर्वसधारणहरुमा डिभिजन वन कार्यालय बाराले अनुरोध पनि गरेका छन् ।

जंगलमा जथाभावी व्यक्तिसहितको घर पालुवा जानवरहरुको प्रवेश गर्ने तथा जंगल आसपासका क्षेत्रमा मानविय बस्ती बढ्दै गएको कारण पनि जंगली जानवरहरु मानिसमा अटेक गर्दै आएकाले जंगलको बिभिन्न एरियामा प्रवेश निषेधको बोर्ड लगाएर सावधानी अपनाउन सबैमा अनुरोध गरिएको डिभिजन वन कार्यालय बाराका प्रमुख बिनोद सिंहले जानकारी दिनुभयो ।

बिगत एक बर्षको अन्तरालमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु तथा निजगढको रतनपुरीमा करिब चार दर्जन घर पालुवा जानवरमा जंगली जानवरले हमला गर्दा मृत्यु भएको उहाँले भन्नुभयो ।
यसैगरी सवारीको ठक्करबाट बिभिन्न मितिमा आधा दर्जन जति जंगली जानवरको मृत्यु भएको सिंहले बताउनुभयो ।