मावि महम्दपुरको कवारेनटिन बाट ४० जना लाइ घर पठाइयो


आरके श्रीवास्तव । रौतहट । जेष्ठ ३२
आज आइतवार गरुडा नगरपालिका अन्तर्गत महम्मद्पुर मा वि को क्वारेन्टाइनमा रहेको ४० जना मा पिसिआर रिर्पोट नेगेटीभ आएपछि घर पठाइएको छ ।
पि सि आर रिर्पोट निगेटिभ आएपछि क्वारेन्टाइनमा बस्दै आएका ४० जना लाइ घर पठाइएको गरुडा नपा का प्रमुख प्रशासकिय अधिकृत मोहमद मुस्ताक आलमले जानकारी दिएका छन ।
उनीहरु लाइ १४ दिन थप घरमा नै क्वारेन्टाईन मा बस्नु पर्ने गरी पठाइएको हो ।